अटोमेटिक पेस्तोल सहित एकजना पक्राउ

<span class='c1'>अटोमेटिक पेस्तोल सहित</span> <span class='c2'>एकजना पक्राउ</span>

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

प्रहरी टोलीले उनको कोठाबाट अटोमेटिक पेस्तोल एकथान एक र गोली ५ राउण्ड फेला पारेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला पारेको थियो । पक्राउ परेका चौधरी उपर थप अनुसन्धान तथा कानुनि कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्