ब्यान्डेजले घाँटीमा बाधेर हत्या

<span class='c1'>ब्यान्डेजले घाँटीमा</span> <span class='c2'>बाधेर हत्या</span>

झापा । झापा मेचीनगर नगरपालिका ५ का ४० बर्षीय भिमराज लिम्बुको हत्या गरी फरार रहेका एकजना पक्राउ परेका छन् । प्रहरीले सोही स्थानका ५६ बर्षीय सुकराज लिम्बुलाई पक्राउ गरेको हो ।

हिजो राती पौने ९ बजे मेचीनगर नगरपालिका ५ ईटाभट्टा अधेरी टोल स्थित ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा भिमराज मृत अबस्थामा फेला परेका थिए । तत्काल घटनास्थलमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले उनको हत्या भएको पुष्टी गरे सगै घटनामा संलग्न भई फरार रहेका सुकराजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुकराजले आपसी झगडा हुदाँ खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाधी घटना घटाएको अनुसन्धानको क्रममा स्वीकार गरेका छन् । उनि उपर थप अनुसन्धान तथा कानुनि कारबाही भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्