कांग्रेस निर्वाचन क्षेत्र नम्बर ४ को कार्यालयमा संयुक्त हस्ताक्षर सहित तालाबंदी

<span class='c1'>कांग्रेस निर्वाचन क्षेत्र नम्बर ४ को कार्यालयमा</span> <span class='c2'> संयुक्त  हस्ताक्षर सहित तालाबंदी</span>

विराटनगर

कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ पुर्वाञ्चल विश्व विद्यालय बिज्ञान तथा प्रबिधि केन्द्रिय क्याम्पस (पुसेट) इकाइ समिती वडा नम्बर ३ सभापति पाश्चर घिमिरे र नेपाल बिद्यार्थी संघ इष्टर्न कलेज अफ इन्जिनियरिंग इकाई समिति वडा नम्बर दुईका सभापती मिलन श्रेष्ठले संयुक्त हस्ताक्षर सहित निर्वाचन क्षेत्र नम्बर ४ को कार्यालयमा तालाबंदी गरेका छन् ।

आवर विराटनगर संग कुरा गर्दै नेविसंघ (पुसेट) बिराटनगरका वर्तमान सभापति पाश्चर घिमिरे भन्छन् ,' कांग्रेसको बिधान अनुसार क्रियाशील सदस्यता नीति नियम सङ्गत बाडिनुपर्ने हो तर यहाँ मनोमानी ढङ्गले बितरण गर्नको लागि प्रस्तावित नामावली आयो। यो नराम्रो प्रथा बिरुद्द हाम्रो आवाज हो' सोहि अनुसार पुसेट नेबिसंघका सभापति घिमिरे र इष्टर्न कलेज अफ इन्जिनियरिंग इकाई समितिका सभापति श्रेष्ठ लगायतका सक्रिय सदस्यहरुको नाम वडा नम्बर ३ का बुथ सभापति शत्रुघन पौडेलले सिफारिस गरि पठाएका थिए। जसमा वडाभरिका क्रियाशील सदस्यहरुको नाम समावेश गरिएको थियो। यी दुबै क्याम्पस मोरङ क्षेत्र नम्बर ४ भित्र पर्ने पुसेट सभापति पाश्चर घिमिरेले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्