बेपत्ता भनिएका सात जना सकुशल फेला

<span class='c1'>बेपत्ता भनिएका सात</span> <span class='c2'>जना सकुशल फेला</span>

भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताउनुभयो ।
मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका—८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय आज बिहान मात्र भटिएको प्रनाउ थापाले बताउनुभयो । खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्