युवा उद्यमी मञ्च विराटनगरद्वारा इनरुवा अस्पताललाई मेडिकल उपकरण सहयोग

<span class='c1'>युवा उद्यमी मञ्च विराटनगरद्वारा इनरुवा</span> <span class='c2'>अस्पताललाई मेडिकल उपकरण सहयोग</span>

नेपाल युवा उद्यमी मञ्च (NYEF) विराटनगरले इनरुवा अस्पतालको कोभिड १९ महामारी रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरण सहयोग गरेको छ ।
मञ्चले सुनसरी जिल्लाको इनरुवा अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको हो । उक्त सामाग्रीका लागि एकमुष्ठ २ लाख रुपैयाँ सदस्यहरुले आपसमा संकलन गरि उपलब्ध गराईएको वितरण कार्यक्रमका संयोजक तथा पुर्वअध्यक्ष मनोज विक्रम साहले जानकारी दिनु भयो । उहाँले महामारी नियन्त्रणका लागि यस प्रकारको सहयोग मंचले निरन्तर गर्दै आइरहेको बताउनु भयो ।

सन २००४ मा स्थापना भएको युवा उद्यमी मञ्च विराटनगरको वर्तमान अध्यक्ष युनेशराज श्रेष्ठ हुनुहुन्छ । हाल मञ्चमा करिब ५० जना युवा उद्यमीहरुको सदस्यता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्