पाँचथर । पाँचथर याङवरक गाऊपालिका २ स्थितमा पहिरो सगै झरेको ढुंगाले लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाऊपालिका २ लेखेवा का ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको , शरिरमा ढुंगाले लागी घट्नास्थलमानै मृत्यु भएको हो ।
यसैगरी सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भएका छन् । आज बिहान सँवा ७ बजे उनिहरुलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथीबाट पहिरो संगै आएको ढुंगाले लागेको थियो ।
घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फलैचा र सिमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी स्थानिय स्वास्थ्ये चौकीमा पठाईएको छ ।