निउरो टिप्न जाँदा बाघको आक्रमणमा परि मृत्यु

<span class='c1'>निउरो टिप्न जाँदा बाघको</span> <span class='c2'>आक्रमणमा परि मृत्यु</span>

जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्युहुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलका ३२ वर्षीया गीता अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो । मृतक अधिकारीको शव समयमा जङ्गलबाट निकाल्न माग गर्दै स्थानीयले प्रदर्शन समेत गरेका थिए । साथै स्थानीयले निकुञ्जको सौराह सेक्टर कार्यालयमा तोडफोड र आगजनी गर्दा केही समय सो क्षेत्र तनाबग्रस्त बनेको थियो ।

आज अपराह्न चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा मात्र जिल्लामा चार जनाको बाघको आक्रमणबाट अकालमा मृत्यु भइसकेको छ ।

सांकेतिक तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्