मजदुरले मागे खोप

<span class='c1'>मजदुरले मागे</span> <span class='c2'>खोप</span>

विराटनगर । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न माग गरेको छ ।

सात वटै प्रदेशमा आज विहान १० वजे एकै पटक ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले बाढी, पहिरोका कारण पीडित तथा प्रभावित भएका परिवारलाई उचित राहत प्याकेजको घोषणा हुनुपर्ने, जिल्ला दर रेटमा ट्रेड युनियनको प्रतिनिधि अनिवार्य हुनुपर्ने लगायतका ६ बुँदे माग सामाजिक विकास मन्त्री राईले बुझाईएको क्युपेक नेपाल १ नंं प्रदेश प्रमुख तथा केन्द्रिय कमिटी सचिव मुक्तिनाथ गिरीले जानकारी दिनुभयो । मन्त्री समक्ष गाउँ तथा नगरपालिकामा विकास निर्माणमा काम गर्ने मजदुरको अभिलेख राख्न व्यवस्थाको थालनी गर्न स्थानीय तहलाई निर्देशीत गर्नका लागि पनि ध्यानाकर्षण गराईएको उहाँले बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्री राईले श्रमीकको हकहितको पक्षमा आफुपनि रहेको बताउनुभयो । उहाँले श्रमीक वर्गको समस्या समाधानका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्