प्रदेश १मा विनियोजन विधेयकमाथिको छलफल समाप्त

<span class='c1'>प्रदेश १मा विनियोजन</span> <span class='c2'>विधेयकमाथिको छलफल समाप्त</span>

भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आज समाप्त भएको छ । प्रदेश नं १ प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) वमोजिम विनियोजन विधेयकमा दुई दिन छलफल भएको थियो ।
छलफलमा प्रदेशसभा सदस्यहरु कुलप्रसाद साँवा, कुसुमकुमारी श्रेष्ठ, झलकबहादुर मगर, रामकुमार राई, उत्तमकुमार बस्नेत, जयराम यादव, नारायणबहादुर मगर, प्रतपप्रकाश हाङ्गाम, विजयकुमार विश्वास, विमल कार्की, विष्णु तुम्बाहाम्फे, मोहनकुमार खड्का, लीला सुब्बा र सरिता थापाले भाग लिनुभएको थियो । उहाँहरुले विकासमा नतीजा आउने किसिमको काम नभएको, सबै क्षेत्र, भूगोललाई नसमेटेको, विगतका योजनाहरु काटिएको टिप्पणी गर्नुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले छलफलमा उठेका प्रश्नहरुको जवाफमा साधन, स्रोतको सीमितताको कारण मन्त्रालयको ४० प्रतिशत बजेट कम भएको जानकारी दिँदै बहुवर्षीय ६२ वटा योजनामा दुई वटा सम्पन्न भएको, ५० वटा निर्माणाधीन रहको र अन्यको काम आगाडि बढाइएको जानकारी दिनुभयो । प्रदेशसभाको अर्को बैठक भोलि सोमबार मध्यान्ह १२ः३० बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्