ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ

<span class='c1'>ब्राउनसुगर र ट्याब्लेटसहित</span> <span class='c2'>३ जना पक्राउ</span>

बिराटनगर। झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका(५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित मंगलबार साँझ पक्राउ गरेको हो ।

मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बुको साथबाट नियन्त्रीत लागुऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो । यसैगरी सुनसरीको धरान उप(महानगरपालिका–८ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय बिमल भुजेल र धरान(१५ का ४१ बर्षीय आईतराज लिम्बनुलाई तिन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि।सी। सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्