लोहन्द्रा पुलको विकल्पमा मोतिपुरमा नयाँ पुल

<span class='c1'>लोहन्द्रा पुलको विकल्पमा</span> <span class='c2'>मोतिपुरमा नयाँ पुल</span>

विराटनगर । मोरङको बेलबारी–५ र ग्रामथानलाई जोड्ने पुल निर्माणमा ढिलाई हुने भएपनि विकल्पमा नयाँ पुल निर्माण गरिएको छ । ग्रामथान–४ मोतिपुरमा ८ करोड लागतमा लोहन्द्रा खोलाको बिकल्पमा नयाँ पुल निर्माण गरिएको हो ।

बेलबारी र ग्रामथान जोड्ने पुल २०७४ को बाढीले बगाएको थियो । त्यसयता स्थानीयलाई पर्दै आएको समस्या टार्न नयाँ पुल निर्माण गरिएको हो । पूर्वमा बेलबारी ५ र पश्चिममा ग्रामथान ४ मा पर्ने उक्त पुलले दुहबी–तेतरिया–मोतिपुर–चन्द्रगढी जोड्ने रणनीतिक सडक पनि जोड्ने छ । नयाँ पुलले नयाँ बजार–मोतिपुर– सिद्रहा हुँदै बेलबारीसम्म जान समेत सहज भएको छ ।
सूर्या एण्ड सन्स प्रा.लि. नामक निर्माण कम्पनीले २०७५ वैशाख १३ गतेदेखि काम सुरु गरेको थियो । झण्डै ९७ मिटर लामो पुलका लागि सरकारले भ्याट बाहेक ८ करोड ३५ लाख ४५ हजार ७७८ रुपैयाँ लगानी गरेको छ । कसेनीमा बाढीले बगाएको पुलभन्दा झण्डै ७ किलोमिटर दक्षिणमा पर्ने उक्त पुल निर्माण भएपछि आवतजावतमा केहि सहज हुने अनुमान गरिएको छ । ग्रामथान ४ का स्थानीय खिलेश्वर सुवेदीले केहि असुविधा टरेको बताउनुभयो ।

सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सुरेश झाका अनुसार अबको डेढ महिनाभित्र शतप्रतिशत पुल निर्माण हुनेछ । हाल ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
बेलबारी र ग्रामथान गाउँपालिका जोड्ने पुल यसअघि लोहन्द्राको खोलामा आएको बाढीले बगाएको र त्यहाँ बनिनसकेको कारण यो बाटो एकदमै उपर्युक्त रहेको त्यस क्षेत्रका निवर्तमान संघीय सांसद अमनलाल मोदीको भनाइ छ । आफूले निर्वाचनको बेला प्रतिबद्धता जाहेर गरेअनुसार ठूलो मेहनतले पहल गर्दा पुल निर्माण भएको उनको दाबी छ ।

पुल बनेपछि किसानलाई धेरै सहज भएको ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले बताए । पुल बनेपछि खेतिपातीमा जान आउनका लागि पनि किसानलाई सहज भएको छ छ । बेलबारी, कसेनी, मोतिपुर जोड्न मात्रै नभएर झापाको भद्रपुरबाट विराटनगरसम्म आउजाउका लागि पनि यो पुल महत्वपूर्ण रहेको छ ।’
सोही पुलको सुरक्षाका लागि बाँध निर्माण पनि धमाधम भइरहेको छ । ४८ लाख रुपैयाँ लागतमा यस वर्ष बाँध निर्माणको काम भइरहेको कोशी तथा बक्राहा नदि व्यवस्थापन आयोजना प्राविधिक शाखाका इन्जिनियर कृष्णप्रसाद खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्