सप्तकोशी नदीमा जलस्तर बढ्दै, सतर्क रहन आग्रह

<span class='c1'>सप्तकोशी नदीमा जलस्तर बढ्दै,</span> <span class='c2'>सतर्क रहन आग्रह</span>

विराटनगर । लगातार पूर्वी पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण सप्तकोशी नदीको जलस्तर बढेपछि नदी तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । सामान्यतया ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानीको वहाव रहने कोशीको पछिल्लो समयमा जलस्तर बढ्दैगएको हो ।

शुक्रबार साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाब मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् ।

कोशीको पछिल्लो मापन अनुसार नदीको बहाबमा निरन्तर वृद्धि भैरहेको छ । सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेको जनाएको छ । तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहे पनि सतर्क रहन भने आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्