४५ लाख जरिवना भएका व्यक्ति पक्राउ

<span class='c1'>४५ लाख जरिवना</span> <span class='c2'>भएका व्यक्ति पक्राउ</span>

नेपाल प्रहरीले रु ४५ लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बंैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४५ लाख जरिवना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–१ कुपण्डोलका ५० वर्षीय शिशिरशम्शेर जबरालाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २६ को फैसलापछि १० दिन कैद र बिगो बमोजिम रु ४५ लाख जरिवनापछि फरार रहेका जबरालाई आज काठमाडौँको बिजुली बजारबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका उनले आफ्नो नविल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बंैकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्