ईलाम । ईलाम ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ बर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ बर्षीय धन बहादुर राईको हत्या गरेका छन् । आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटी गई हत्या गर्ने यम बहादुर सावालाई खुकुरी सहित पक्राउ गरेको छ । तत्काल हत्या गर्ने कारण खुल्न सकेको छैन् । घटना सम्बन्धना थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।