बिर्तामोड । झापाको बिर्तामोडमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । विर्तामोड–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको हो ।
स्थानीय सिर्जनशील सहकारीमा काम गर्दै आएकी बस्नेत आफन्तको घरमा बस्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान सुरु गरेको छ । तालिमप्राप्त कुकुरसहितको टोली बोलाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।