तस्करीमा सहजीकरण भन्दै पैसा माग्ने एकजना युवा पक्राउ

<span class='c1'>तस्करीमा सहजीकरण भन्दै पैसा</span> <span class='c2'>माग्ने एकजना युवा पक्राउ</span>

रंगेली । सीमाबाट तस्करीको लाइन मिलाई दिने भन्दै रकम मागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको घुमुवा भन्दै नेपाल–भारत सीमा क्षेत्रका बासिन्दासँग पैसा असुल्न युवालाई मोरङको धनपालथानबाट आइतबारसाँझ पक्राउ गरिएको हो ।

रंगेली नगरपालिका–२ का २० वर्षीय मनिष रायलाई धनपालथान गाउँपालिका–३ मायागञ्जबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । रायलाई सीमा प्रहरी चौकी मायागञ्जको टोलीले साँझ ७ बजेतिर पक्राउ गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएको छ ।

पक्राउ परेका रायले आफू सशस्त्र प्रहरीको घुमुवा भएकाले नेपालबाट भारत र भारतबाट नेपालतिर तस्करीको लाइन चलाउन सहयोग गर्ने बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्