देउवा प्रधानमन्त्री भएकै भोलिपल्ट काँग्रेसका उपसभापति विजय गच्छदार विशेष अदालतमा उपस्थित भए

<span class='c1'>देउवा प्रधानमन्त्री भएकै भोलिपल्ट काँग्रेसका उपसभापति</span> <span class='c2'>विजय गच्छदार विशेष अदालतमा उपस्थित भए</span>

विराटनगर । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । उनी बुधबार अदालतमा हाजिर भएका हुन् ।

पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै उनी अदालत पुगेका हुन् ।विशेष अदालतका उपरजिष्टार पुष्पराज पाण्डेयले गच्छदार अदालत उपस्थिति भएको सञ्चार माध्यमलाई बताए छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।
गच्छेदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुनेका छन् भने जोशीलाई साधारण तारेखमा अदालतले छाडेको छ ।

प्रतिवादीमध्ये तीन जना पूर्वसचिव थिए । उनीहरूमध्ये पूर्वसचिव दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको थियो । पूर्वसचिवद्वय दिनेशहरी अधिकारी र छविराज पन्तलाई पाँच–पाँच लाख रुपैयाँ धरौटीमा छुटेका थिए । ५० करोड भन्दा बढी बिगो माग दाबी गरिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनमबहादुर गुरुङलाई २ करोड धरौटीमा छाडिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्