काठमाडौँ
कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकाले गरेको बन्दाबन्दी खुकुलो र मौसम पनि अनुकुल भएसँगै त्रिशुली नदी किनारामा बालुवा निकाल्ने मजदुरहरुको भिड लाग्न सुरु भएको छ । निर्माण सामग्री ढुङ्गा, गिट्टी र बालुवा ढुवानीमा सवारीका साधनहरु राजधानी प्रवशे गर्न पाउने र निर्माणका कामहरु पनि धेरै हुने भएकोले मजदुरहरु पुन: पेशामा फर्कन थालेपछि नदी किनारमा भिड बढेको हो ।
यसो त झण्डै दुई महिना भन्दा लामो बन्दाबन्दीका कारण काम नै नपाएर बसेका बालुवा मजदुरहरु अहिले नदी किनारमा बालुवा निकाल्ने काममा निकै ब्यस्त देखिन्छन् । दुई महिनासम्म अन्य काम गरेर दैनिकी चलाउँदै आएका धादिङका मजदुरहरु अहिले आफ्नै पुरानो काममा फर्केका हुन् ।
अब निर्माण सामग्री ढुवानीका साधनहरु पनी निर्वाद राजधानी प्रवेश गर्न थाले पछी बालुवा विक्रि हुने र आम्दानी पनी राम्रो हुने उहाँहरुको भनाइ छ । जोखिम मोलेर त्रिशुली नदीबाट हरेक वर्ष बालुवा निकाल्ने पोशामा संलग्न मजदुरहरु कोरोना महामारीका कारण पटक पटकको बन्दा बन्दिले दुई वर्ष यता केही काम नभएको बताउँछन् ।
आम्दानी राम्रो हुने दैनिक विक्रि हुने बालुवाको मुल्यमा भने केही परिवर्तन नआएको उनीहरुको दुःखेसो छ । उपभोक्ताहरुले निकै महङ्गो मुल्यमा किन्नु पर्ने बालुवा , नदीबाट निकाल्ने मजदुरहरुले भने प्रति ट्रिपरको मुस्किलले ६ हजारदेखि ६ हजार ५ सयसम्म पाउने गरेका छन्।
अहिले मौसम राम्रो भएको र नदीमा पानीको बहाव घटेका कारण त्रिशुली नदीमा करिव सात सयको हाराहारीमा बालुवा मजदुरहरुले बालुवा निकाल्ने काम गर्दे आएका छन्। बिशेषगरी, बेल्खु, गलौदी र बैरेनी क्षेत्रमा पर्ने त्रिशुली नदी किनारमा मजदुरहरुले बालुवा निकाल्ने गर्छन ।- नेपाल टेलिभिजन / तस्बिर :शिव सिलवाल (धादिङ्ग)