धनकुटाबाट गाँजा बोकेर आएका एक व्यक्ति मोरङको जहदामा पक्राउ

<span class='c1'>धनकुटाबाट गाँजा बोकेर आएका एक</span> <span class='c2'>व्यक्ति मोरङको जहदामा पक्राउ</span>

विराटनगर । धनकुटा साँघुरीगढी–१० का ६४ वर्षीया पूर्णबहादुर राई एक केजी गाँजासहित मोरङको जहदाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, बिओपी रानीको टोलिले राईलाई गाँजासहित आज बिहान ८ बजे पक्राउ गरेको हो ।

उनी पैदल हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गरिएको थियो । धनकुटाबाट गाँजा लिएर उनी नेपालको सीमा पार भारततर्फ हिँडेको खुलेको छ । बिओपी रानीका प्रहरी निरीक्षक मौसम पोखरेलका अनुसार उनी विरुद्ध थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रानीमा बुझाउने प्रक्रिया सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्