इटहरी । सुनसरीको ईटहरी उप(महानगरपालिका–३ मा भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ । ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको हो ।
त्यस क्रममा अटोमा सवार रहेकी ईटहरी–४ की ३३ बर्षीया रिया पोखरेल घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागी बिराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेरको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।