प्रधानमन्त्री देउवाद्वारा काठमाडौं जोरपाटीस्थित खोप केन्द्रको स्थलगत अवलोकन

<span class='c1'>प्रधानमन्त्री  देउवाद्वारा  काठमाडौं</span> <span class='c2'>जोरपाटीस्थित खोप केन्द्रको स्थलगत अवलोकन</span>

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यको थालनी गर्नु भएको छ ।
यसै क्रममा प्रधानमन्त्री देउवाले साेमबार काठमाडौंका विभिन्न खाेप केन्द्रहरुमा भइरहेको खोप लगाउने कामको स्थलगत अनुगमन गरी रहनु भएको छ । उहाँले आजै विहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीस्थित खोप केन्द्रको अवलोकन गर्नुभएको थियो ।

उहाँले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा आफ्नो पहिलो प्राथमिकता आम जनतालाई खोप उपलब्ध गराउने रहेको बताउनु भएको थियो । जोन्सन एण्ड जोन्सन खोप वैज्ञानिक हिसाबले एक मात्रा मात्र लगाए पुग्ने खोप हो । यो खोप स्वास्थ्य मन्त्रालयको खोप भण्डारसँग मिल्दोजुल्दो छ, दुईदेखि आठ डिग्री सेन्ट्रिग्रेटमा राख्न मिल्छ।


- गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्