उपप्रधान एवम् अर्थमन्त्री पौडेलद्वारा प्रतिकुल अवस्थामा समेत निर्माण कार्य जारी राखेकोमा निर्माण व्यवसायीको प्रशंसा

<span class='c1'>उपप्रधान एवम् अर्थमन्त्री  पौडेलद्वारा  प्रतिकुल अवस्थामा</span> <span class='c2'>समेत निर्माण कार्य जारी राखेकोमा निर्माण व्यवसायीको प्रशंसा</span>

काठमाडौँ

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिकुल अवस्थामा समेत निर्माण कार्य जारी राखेकोमा निर्माण व्यवसायीको प्रशंसा गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधान एवम् अर्थमन्त्री पौडेलले समृद्ध नेपालको परिकल्पना पूरा गर्न निर्माण व्यवसायीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले गुणस्तरीय काम समयमा नै सम्पन्न गर्न सुझाव दिँदै ‘लो कस्ट’ मा टेण्डर बिड गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । उपप्रधान एवम् अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटका सम्बन्धमा महासङ्घले पेश गरेको लिखित सुझाव पत्र कार्यान्वयनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

महासङ्घको प्रतिनिधिमण्डलले उप–प्रधान एवम् अर्थमन्त्री पौडेललाई भेटेर सार्वजनिक खरिद नियमावली, निर्माण सम्झौता अनुसारको भुक्तानी, राजस्व लगायतका विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

- रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्