लक्ष्मीनिया युवा क्लब जहदाको शाखा विस्तार

<span class='c1'>लक्ष्मीनिया युवा क्लब</span> <span class='c2'>जहदाको शाखा विस्तार</span>

मोरङ । सामाजिक कार्यमा सक्रिय लक्ष्मीनिया युवा क्लबले सामाजिक कार्यको साथसाथै आफ्नो सदस्य बढाउने अभियानमा जुटेको छ। जहदा गाउँपालिका भरि नै आफ्नो शाखा बिस्तारको क्रममा रहेको सो क्लबले बिभिन्न वडामा सदस्यहरु थप्दै शाखा विस्तार गरिरहेको हो।

जहदा गाउँपालिकाको प्रत्येक वडामा आफ्नो शाखा बिस्तार गरिसकेको छ। हाल सो क्लबमा २०० जना भन्दा सदस्यहरु आबद्ध छन्। शाखा विस्तार पश्चात कल्बले शाखा पुनस्गठन गरिरहेकॊ छ। आज क्लबले जहदा–४ शाखा पुनःगठन गरेको छ। जहदा–४ स्थित सार्वजनिक माध्यमिक बिद्यालयमा क्लब को अध्यक्ष नितेश साहको अध्यक्षता बैठक बसेको थियो।

५० जनाको उपस्तिथिमा जहदा(४ शाखामा २७ जना चुनिएका छन्। जहदा(४ शाखा पूर्ण गठनका अध्यक्षमा निरज मण्डल, उपाध्यक्षमा जयकिशन मण्डल, सचिवमा संजित साह, सह–सचिवमा बबिता राय र कोषाध्यक्षमा माला कुमारी मण्डल सदस्यमा २२ जना सर्वसम्मतबाट चयन भएका छन्। जहदा भरिका युवाहरुलाई एक(आपसमा जोड्न र सामाजिक कार्यमा युवाहरुको सक्रियता बढाउन प्रत्येक वडामा शाखा बिस्तार र पुनस् गठन गरिएको क्लबका केन्द्रिय अध्यक्ष नितेश कुमार साह ले बताउनुभयो।

आजको कार्यक्रममा सार्वजानिक बिद्यालयका प्रधानाध्यापक अजय सिंह, क्लबका केन्द्रिय उपाध्यक्ष धिरज कामत, केन्दीय कोषाध्यक्ष माधुरी मण्डल, केन्द्रिय सदस्य कार्तिक सिंह, श्यामशुन्दर मण्डल, दिपेश शर्मा, माधव मण्डल, जहदा(१ शाखा सचिव पंकज सरवारिया, जहदा–३ शाखा अध्यक्ष मनिष ठाकुर, जहदा–७ शाखा अध्यक्ष पवन सिंह लगायत अन्य सदस्यहरुको उपस्तिथी रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्