काँग्रेसको वडा तहका अधिवेशन स्थगित गर्ने निर्णय

<span class='c1'>काँग्रेसको वडा तहका अधिवेशन</span> <span class='c2'>स्थगित गर्ने निर्णय</span>

काठमाडौं

सत्तारुढ नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । आसन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा आगामी साउन १२ गतेदेखि वडास्तरको अधिवेशन हुने तयारी रहे पनि सो समयमा अधिवेशन स्थगित गर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो ।

आगामी साउन १२ गते क्रियाशिल सदस्यता छानबिन समितिले क्रियाशिल सदस्यता र मतदाता प्रतिनिधिहरुको अन्तिम प्रतिवेदन पार्टीको केन्द्रीय समितिलाई बुझाउनेछ । तर, नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित समयतालिका भने नसर्ने पौडेलले बताउनुभयो । काँग्रेसले भदौ १६ देखि १९ गतेसम्म चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने बताउँदै आएको छ । -गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्