रंगेली नगरपालिकामा वाइसीएल नगर समिति गठन

<span class='c1'>रंगेली नगरपालिकामा वाइसीएल </span> <span class='c2'>नगर समिति  गठन</span>

विराटनगर

आकृति रानी फुयल

रंगेली नगरपालिकामा आज वाई सी एल नगर कमिटि गठन भएको छ। उक्त भेला रंगेली नगरपालिका वडा नम्बर ७ स्थित चुन्निराम दीनदयाल धर्मशालामा सम्पन्न भएको हो।

उक्त भेलाले सचिन साहको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ। त्यसैगरी उपाध्यक्षमा पेस्चर कु. साह,सचिवमा सुशील पौद्धार ,सहसचिवमा महफुज खान, कोषाध्यक्षमा छत्र राजवंशी रहेको रंगेली नगर माओवादी सचिवालय सदस्य सुशील साहले जानकारी दिए।

भेलाको प्रमुख अतिथिमा मोरंग क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसद एवं पुर्वमंत्री शिव कुमार मण्डल , नगरपालिका उपप्रमुख केशव कुमारी खराल , त्यस्तै विशिष्ट अतिथिमा अतिथि संगठन एवं वाईसीएल नेपालकि केन्द्रीय सदस्य इश्वरी आचार्य , मोरंग जिल्ला इन्चार्ज खगेन्द्र सुबेदी , वाईसीएल मोरंग अध्यक्ष मो. आजाम परवेज , जिल्ला सचिवालय सदस्य सुवर्ण कुमार राय ,राष्ट्रिय मुस्लिम संघका केन्द्र्रीय सदस्य मो . रफिक आलम , रंगेली नगर समिति अध्यक्ष श्री प्रसाद अधिकारि तथा सचिव बद्रि नारायण राजवंशी लगायतको उपस्थितिमा भेला सम्पन्न भएको शाहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्