३६ एमएम छडमा नेपाल गुणस्तर पाउने पहिलो नेपाली कम्पनी बन्यो प्रिमियर स्टील

<span class='c1'>३६ एमएम छडमा नेपाल गुणस्तर पाउने</span> <span class='c2'>पहिलो नेपाली कम्पनी बन्यो प्रिमियर स्टील</span>

३६ एम एम समु्ह (क्याटोगरी) मा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ । ३६ एम एम को छड ठूला परियोजनाहरु जस्तैः हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ । यस अघि ३० एम एम को छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरुबाट आयात गर्ने गरिन्थ्यो, यसले गर्दा निर्माण कार्यलाई केही आपूर्तिमा ढिलाइ हुन सक्दथ्यो । अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नु पर्ने अवस्था रहेको छैन ।
प्रिमियर स्टीलले Fe 500, Fe500D Graded TMT Rebar, Torkari Steel, Binding Wires तथा SWG को प्रयोग गरी उत्पादन गर्दै आएको छ । प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एम एम देखि ४० एम एम सम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।
“हामीले प्रिमियम बिलेटहरुको मात्र प्रयोग गरेर त्ःत् बार उत्पादन गर्दै आएको छौं, यसले गर्दा हाम्रा उत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएका छन् । ३६ एम एम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनि यसको एक ज्वलन्त प्रमाण हो । पूणर् रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा हाम्रा उत्पादनहरु सधै उस्तै घनत्व (MASS) एवं उच्चस्तरीय सर्फेसको साथ बारको डायमिटर सधैं एकनासको प्राप्त गर्न सकिन्छ ।” प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्