सर्वसाधारणका लागि चिकित्सक संघको वेभिनार

<span class='c1'>सर्वसाधारणका लागि चिकित्सक</span> <span class='c2'>संघको वेभिनार</span>

विराटनगर । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले आम सर्वसाधारण लाई कोभिड–१९ सम्बन्धि जनचेतना एवं जानकारीका लागि विभिन्न विषयमा सम्बन्धित विशेषज्ञको उपस्थितिमा वेभिनार सन्चालन गर्ने भएको छ ।

साउन १६ गते शनिबार जुम मार्फत हुने उक्त कार्यक्रममा पोष्ट कोभिड समस्याका बारेमा फिजिसियन डा. प्रदिप पन्थी, कोभिड पश्चात देखा पर्ने मानसिक समस्याको विषयमा मनोरोग विशेषज्ञ डा. प्रभात चालिसे र कोभिड खोपः सत्यता र भ्रमको सन्दर्भमा कम्युनिटी फिजिसियन डा. सागर पौडेलले जानकारी प्रदान गर्ने तालिका रहेको छ ।

नेपाल चिकित्सक संघले विभिन्न समयमा चिकित्सकहरुका लागि पनि कोभिड बारेमा वेभिनार कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रमको आयोजक समितिमा विषेशज्ञ चिकित्सकहरु डा. पार्थ गुरागाई, डा. उत्तर कुमार मैनाली, डा. ललित कुमार राजवशि, डा. विभुती नाथ मिश्र र डा. नबिन्द्र विष्ट रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्