विराटनगर श्रावन १५ ,
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका मोरङ जिल्लाको बिभिन्न पालिकाहरुमा कार्यरत रोजगार संयोजकहरुको छाता संगठनको रुपमा मञ्च गठन गरेको छ । जिल्लाको १७ वटा पालिकाहरुको रोजगार संयोजकहरु मध्येबाट जिल्ला अध्यक्षमा मोरङ जिल्ला धनपालथान गाउँपालिकाका रोजगार संयोजक श्बिनय केसी. सर्वसहमतिले जिल्ला अध्यक्ष चयन भएका छन् । त्यसैगरि मञ्चका सचिव उर्लाबारी नगरपालिकामा संयोजक तारा गुराँगाई रहेका छन भने कोषाध्यक्षमा बुढिगंगा गाउँपालिकाका संयोजक संगिता घिमिरे रहेका छन् ।
सदस्यहरुमा बिराटनगर महानगरपालिकाका दिनेश साह, पथरी शनिश्चरे नगरपालिकाका हिमाल राई, मिक्लाजुङ गाउँपालिकाका क्षितिज चेम्जोङ, सुनबर्षि नगरपालिकाका दुर्गाराज बन्जारा, सुन्दर हरैचा नगरपालिकाका दिनेश घिमिरे र कटहरी गाउँपालिकाका राम कुमार राजबंशी रहेका छन्। मञ्चले आजै सामाजिक बिकास मन्त्रालयमा सामाजिक बिकास मन्त्रि माननिय उशाकला राई ज्यूलाई श्रम तथा रोजगार सम्बन्धित बिभिन्न बिषयहरुको बारेमा बिज्ञप्ति समेत बुझाएको छ ।