मोरङमा १९१ जनासहित प्रदेश १ मा ११४४ संक्रमित थपिए

<span class='c1'>मोरङमा १९१ जनासहित प्रदेश १</span> <span class='c2'>मा ११४४ संक्रमित थपिए</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा ४, खोटाङ र संखुवासभामा २–२, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ ।

मोरङको बेलबारीमा ६३, विराटनगरमा ५५, पथरीशनिश्चरेमा ३०, सुन्दरहरैचामा १३, उर्लाबारीमा १०, बुढीगंगामा ५, ग्रामथानमा ४, केराबारी, धनपालथान, लेटाङ, कानेपोखरीमा २–२, कटहरी, रतुवामाई र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा १२६, इटहरीमा ३९, इनरुवा र बराहक्षेत्रमा ७–७, कोशीगाउँपालिका, रामधुनी, दुहवी र स्थानीय तह नखुलेका २–२, झापाको विर्तामोडमा ३८, दमकमा २३, भद्रपुरमा २०, अर्जुनधारामा १७, कनकाईमा १६, मेचीनगरमा १४, शिवसताक्षीमा १०, कमल गाउँपालिका र बुद्धशान्तिमा ६–६, गौरादह र हल्दिबारीमा २–२, झापा गाउँपालिका, बा¥हदशी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा ४, रोङ र सुर्योदयमा २–२, माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढीमा ४, पाख्रिवास र चौवीसेमा १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका २–२, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२८ महिला र १६९ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्