इजरायलबाट रंगेली अस्पताल लाई सहयोग

<span class='c1'>इजरायलबाट रंगेली अस्पताल</span> <span class='c2'>लाई सहयोग</span>

रंगेली । मोरङको रंगेली अस्पताल लाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरुले एक थान अक्सिजन कन्सल्ट्रेटर सहयोग गरेका छन् । नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीतसंगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्य ले २०१२ मा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले रंगेली अस्पताल लाई एक लाख ४५ हजार बराबरको अक्सिजन कन्सल्ट्रेटर हस्तान्तरण गरेको हो।

अस्पताल परिसरमा नगर प्रमुख दिलिप बगडिया, कार्यकारी अधिकृत टोम सुवेदीलाई सामाग्री हस्तान्तरण गरिएको हो। सामाग्री हस्तान्तरण पछि नगर प्रमुखले सहयोगप्रति आभार व्यक्त गर्नु भएको थियो । अन्तराष्ट्रीय कलाकार मन्ञ इजरायल शाखाका अध्यक्ष अनिल सिंह राजपुत तथा निबर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार कादम्बरी दाना श्रेष्ठ लगायतको त्यस अवसरमा उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्