सोमबारदेखि मोरङको लेटाङ नगरपालिका एकसातासम्म सील

<span class='c1'>सोमबारदेखि मोरङको लेटाङ</span> <span class='c2'>नगरपालिका एकसातासम्म सील</span>

विराटनगर । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मोरङको लेटाङ नगरपालिका सोमबार रातीदेखि एकहप्तासम्म सील गरिने भएको छ । नगर कार्यपालिकाको १५ गते बसेको बैठकले आगामी सोमबार १८ गतेदेखि २५ गतेसम्म सील गर्ने निर्णय गरेको हो ।

लेटाङ नगर क्षेत्र भित्र विश्वविद्यालय, लोकसेवा, उच्च माध्यमिक तहको परीक्षामा सामेल हुने परीक्षार्थीलाई प्रवेशपत्रको आधारमा हिड्ने दिने बाहेक अन्य सबै क्षेत्र बन्द गरिने नगर प्रमुख शंकर राईद्वारा प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सार्वजानिक तथा नीजि सवारी, बैंक तथा वित्तिय संस्था, फलफूल तथा तरकारी, दूध ढुवानी तथा बिक्री वितरण र संकलन, उद्योग, व्यापार र व्यवसाय, खेलकुद, कवर्ड हल, कोचिङ सेन्टर, तालिम गोष्ठि, होटल व्यवसाय तथा रेष्टु–राँ बन्द राखिने निर्णय गरिएको छ । यसैगरी विवाह, ब्रतबन्ध जस्ता कार्यक्रम समेत सील अवधी भर नगर्न आग्रह गरिएको छ ।

लेटाङमा ३२७ जना संक्रिय संक्रमित रहेका छन् । हालसम्म ८२५ जनामा संक्रमण पुष्टि भई ४९५ जना निको भईसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै लेटाङमा ४६ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाबाट लेटाङमा ६ जनाको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्