छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट भेटियो

<span class='c1'>छिन्नमस्ता भगवतीको चोरी</span> <span class='c2'>भएको मुकुट भेटियो</span>

विराटनगर । छिन्नमस्ता भगवतीको आइतबार साँझ चोरी भएको मुकुट भेटिएको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवतीको मुकुट सोमबार बिहान भेटिएको सप्तरी प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार विष्णुपुर गाउँपालिका–५ मझाउ गाउँका स्थानीय राजेशकुमार मण्डललाई मुकुटसहित नियन्त्रणमा लिइएको हो । मानसिक रुपमा अस्वस्थ रहेका मण्डलसम्म मुकुट कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार सफाइका क्रममा नभेटिएपछि मुकुट चोरी भएको खुलेको हो । मन्दिरका मूल पुजारी उमेश ठाकुरका छोराको मृत्यु भएका कारण सात दिनयता मन्दिरको सरसफाइ र नियमित पूजा स्थानीय ब्राह्मणले गर्दै आएका थिए । मुकुट ८ सय ५० ग्राम तौलको छ । मन्दिरमा राखिएको सीसीटीभी क्यामेरा असारदेखि बिग्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्