धनपालथानमा एक महिला मृत फेला, हत्या भएको स्थानीयको दावी

<span class='c1'>धनपालथानमा एक महिला मृत फेला,</span> <span class='c2'>हत्या भएको स्थानीयको दावी</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय ३५ वर्षीया जानकी मुखिया मृत आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

अघिल्लो दिन छिमेकीसँग हाँसको विषयमा झगडा परेको थियो । भोलिपल्टै उनी मृत भेटिएपछि प्रहरीले घटनालाई रहस्यमय रहेको भन्दै अनुसन्धान प्रक्रिया बढाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले शवको पोष्टमार्टमका लागि पठाइएको जानकारी दिनुभयो । पोष्टमार्टम् रिपोर्टका आधारमा थप अनुसन्धानको प्रक्रियामा जानेछौं, प्रहरी निरीक्षक खड्काले भन्नुभयो–अहिले नै अनुमान गरेर भन्न सकिने आधार छैन, शरिरमा कुनै त्यसो चोटपटक देखिएको छैन ।

घटनाका विषयमा स्थानीयका दुईथरी मत रहेका छन् । अघिल्लो दिन भएको वादविवादको निहुँमा घटना घटेको हुनसक्ने भन्दै कतिपयले गहिरो ढंगबाट अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्