विराटनगरमा भर्खरै सवारी दुर्घटना, दुईजना घाईतेको नोबेलमा उपचार हुँदै

<span class='c1'>विराटनगरमा भर्खरै सवारी दुर्घटना, दुईजना</span> <span class='c2'>घाईतेको नोबेलमा उपचार हुँदै</span>

विराटनगर । विराटनगर ३ स्थित बिहीबारे चौकमा अहिले भर्खरै सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाईते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२०४२ प १९१३ नम्बरको पल्सर मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

मोटरसाईकलमा सवार ग्रामथान गाँउपालिका ४ का अन्दाजी ३८ बर्षिय चन्द्रमणी रिजाल र ३५ बर्षिय पदम सुवेदी घाईते भएको मोरङ प्रहरीका नायव उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले बताउनुभयो ।सवार दुवै जना मलामीबाट फर्कदै गर्दा सडकमा रहेको कुकुरलाई बचाउन खोज्दा दुर्घटना भएको थियो। घाईते दुवैजनाको नोवेल अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्