विद्द्यूत आपुर्तिका समस्या बारे विद्द्यूत प्राधिकरण विराटनगरलाई ध्यानाकर्षण गराउदैं नागरिक निगरानी संस्था

<span class='c1'>विद्द्यूत आपुर्तिका समस्या बारे विद्द्यूत प्राधिकरण विराटनगरलाई</span> <span class='c2'> ध्यानाकर्षण गराउदैं नागरिक निगरानी संस्था</span>

विराटनगर

भ्रष्टाचार विरद्ध आवाज उठाउदै आएको विराटनगरस्थित नागरिक निगरानी संस्थाले विद्द्यूत प्राधिकरण विराटनगरका प्रमुखलाई भेटि विद्द्यूत आपुर्तिमा देखा परेका समस्याहरु र उपभोक्ताले व्यहोर्नु परेको कठिनाईका बारेमा ध्यानाकार्षण गराएको छ ।

साथै संस्थाले वजेट भाषणमा उल्लेख भएअनुसार लकडाउन अवधिको विलमा छुट नदिई विलिङ गरिएको सम्बन्धमा पनि प्रमुखलाई जानकारी गराएका छन् । यो संगै प्राधिकरणका कर्मचारीहरूद्वारा उपभोक्ता-मैत्री व्यवहार नगरिने तथा विद्द्यूत जडान लगायत अन्य विविध कार्यमा कर्मचारिहरू द्वारा गरिने आर्थिक चलखेल र भ्रष्टाचारका कुराहरुप्रति पनि निजको ध्यानाकर्षण गराइएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठ भन्छन्, ' बिद्युतमा मात्र नभएर आफुहरुले भ्रस्टचार साथै कोरोना विरुद्धको खोप लगाउने क्रममा कोशी अस्पतालमा देखिएको अनियमितता ,अब्यवस्थिततासंगै अपारदर्शितता लगायतका समस्याहरु प्रति अस्पताल प्रशासनको ध्यानाकर्षण गराउदैं अन्य विभिन्न समाजाजिक सवालहरुमा आवाज उठाई खबरदारी गर्ने हाम्रो अभियान जारी रहेको र यो अभियानमा जोडिन चाहने साथीहरूलाई स्वागत गरिनेछ '।

सो अवसरमा संस्थाका अध्यक्ष दिनेश श्रेष्ठ,उपाध्यक्ष मोहन भन्डारी,सचिव वसन्त अधिकारी सदस्स्यहरू मिनाकुमारी जोशी र उत्तम ढुँगेलको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्