प्रहरीमा भर्ना गराउने नक्कली परीक्षार्थी विराटनगरमा पक्राउ

<span class='c1'>प्रहरीमा भर्ना गराउने नक्कली</span> <span class='c2'>परीक्षार्थी विराटनगरमा पक्राउ</span>

विराटनगर । प्रहरी जवान पदमा भर्ना गराई दिने भन्दै आकांक्षीसँग पैसा असुल्नेसहित ६ जना नियन्त्रणमा परेका छन् । १ नम्बर प्रदेश प्रहरी तालिक केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा सामेल भएका ६ जनालाई पक्राउ गरिएको हो ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठले प्रारम्भिक अनुसन्धानका क्रममा भोजपुर पौवादुङ्वा गाउँपालिका–६ का २३ वर्षीय सुर्य राईले आकांक्षीलाई विश्वास दिलाएर रकम लिने गरेको खुलेको बताउनुभयो । राईले भोजपुर पौवादुङ्वा–६ का २२ वर्षीय संगम राईसँग एकलाख १८ हजार, १९ वर्षीय सागर राईसँग एकलाख १८ हजार, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राईबाट दुईलाख रुपिँया लिइएको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले त्यहि प्रकरणमा जोडिएका धनकुटा शहिदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई र साँघुरीगढी गाउँपालिका–८ का २७ वर्षीय राजकुमार राई समेत गरि ६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको हो । उनीहरु ६ जनालाई प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरले बुधबार पक्राउ गरेको थियो ।

पक्राउपछि आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार उनीहरु विरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ को १ –क) बमोजिम परीक्षा सम्बन्धि कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्