कोरोना रोकथाम तथा न्यूनीकरणका लागि सुनसरीमा ‘तपाईंको मास्क खोइ’ अभियान शुरु

<span class='c1'>कोरोना रोकथाम तथा न्यूनीकरणका लागि सुनसरीमा</span> <span class='c2'>‘तपाईंको मास्क खोइ’ अभियान शुरु</span>

सुनसरी

अजमल अन्सारी

पछिल्लो समय सुनसरी जिल्लामा कोरोना भाइरस कोभिड-१९ को संक्रमणमा बृद्धि हुदै गएपछि रोकथाम र न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले तपाईको मास्क खोई अभियान शुरु गरेको छ।

जिल्लामा नागरिकले मास्क लगाउन छोडेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा ‘तपाईको मास्क खै? सामाजिक दुरी कायम राखौं, कोरोना हटेको होईन घटेको मात्र हो तर फ़ेरि बढिरहेको हो, जस्ता नारा सहित नागरिकलाई मास्क लगाउन आग्रह गर्दै अभियान संचालन गरेको छ ।

प्रहरीले आफुले मास्क लगाएर प्लेकार्ड बोक्दै सदरमुकाम इनरुवा सहित जिल्लाको विभिन्न बजार तथा मुख्य मुख्य चोकमा सचेतना जगाएका छन् । शनिबार विहानको यो दृश्यले आम नागरिकलाई फेरि कोरोनाको संक्रमणप्रति अझै थप गम्भीर हुन सिकाएको अनुभूति इनरुवा बजारबासीले गरेका छन् । पहिलेदेखि नै संचालन भएको यो कार्यक्रम पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएकाले पुन संचालन गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सन्जयशिंह थापाले बताउनुभयो।

सामाजिक दूरी कायम गर्न पनि उनीहरुले सिकाउदै आएका छन् । कोरोनाको सचेतनाका बारेमा पनि सिकाएका थिए, अनि मानव स्वास्थ्यलाई हेलचक्रयाइँ नगर्नसमेत नागरिकलाई आग्रह गरेका थिए । यो एउटा सकारात्मक अभियान भएको बजारबासीले बताएका छन् । कोरोना संक्रमणको जोखिम अझै उच्च हुनसक्ने भएकाले यो अभियान संचालन गरिएको हो ।

बजार निस्कँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्ने बातावरण बनाउनका लागि पैदलयात्री, सवारीसाधनका यात्रुसँगै व्यवसायीहरुलाई सचेत बनाउने उद्देश्यले प्रहरीले दैनिकरुपमा ‘तपाईको मास्क खोई ?’ अभियान शुरु गरेको हो । अहिले इनरुवा बजार लगायत मुख्य चाैकमा भीडभाड बढेको छ, भीडभाड बढेपछि जोखिम हुने भएकाले अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गर्दै शनिबारदेखि प्रहरीले अभियान शुरु गरेको हो ।

अभियानका क्रममा मास्क लगाएर पनि सुरक्षित हुने गरी नलगाउने व्यक्तिलाई अभियानकर्मीले रोकेर मास्क लगाउन सिकाउन थालिएको छ । अभियानकर्मीले जनचेतनामूलक पर्चा पम्प्लेटसहित मास्क नलगाउनेलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गर्न थालिएको छ। प्रहरीले भीडभाडमा सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाउनेलाई सम्झाइबुझाइ गरी छाड्ने गरेको छ अटेरी गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीको भनाइ छ ।

जिल्लामा बिहीबार ८५ जनामा सङ्क्रमण भएको देखिएकामा शुक्रबार ९१ पुगेको थियो । जिल्लाभर अहिलेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १६९० जना रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्