संविधानसभामा सैद्धान्तिक छलफल आज पनि जारी

<span class='c1'>संविधानसभामा सैद्धान्तिक छलफल</span> <span class='c2'>आज पनि जारी</span>

संविधानको विधेयकमाथि संविधानसभामा सुरु भएको सैद्धान्तिक छलफल आज पनि जारी रहेको छ । सैद्धान्तिक छलफलमा सहभागी हुँदै सभासदहरुले संविधानको विधेयकमा देखिएको असन्तुष्टिलाई छलफलबाटै समाधान गर्न सुझाव दिएका छन् । बैठकमा संवाद समितिका सभापतिसमेत रहनुभएका डा. बाबुराम भट्टराईले असन्तुष्ट पक्षका आवाज संविधानमा समावेश गर्न सकिने बताउनुभयो । उहाँले संविधान निर्माण प्रक्रियाबाट पछि हट्न नसकिने भन्दै आवश्यकता अनुसार संशोधन गर्न सकिने भएकाले असन्तुष्ट पक्षलाई वार्तामा आएर संविधान निर्माण प्रक्रियालाई सहयोग गर्न अपील गर्नुभएको छ । साथै नेकपा एमालेका नेता माधवकुमार नेपालले आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । उहाँले संविधानसभाबाटै संविधान जारी गर्ने जनताको चाहनामा पछिल्लो पटक भएका केही घटनाले आशंका जन्माएको भन्दै त्यस्ता घटनाले संविधान निर्माण प्रक्रियामा गम्भीर असर पार्ने बताउनुभएको छ । उहाँले जनताका जायज माग शान्तिपूर्ण राजनीतिक तबरबाट समाधान खोज्नुपर्ने स्पष्ट पार्नुभयो । संविधान निर्माणमा सबै दललाई औपचारिक या अनौपचारिक रुपमा सरकारले वार्तामा बोलाउनुपर्ने भन्दै सबै पक्षलाई वार्तामा आउन र उनीहरुका जायज माग पूरा गर्न सक्ने उहाँको भनाइ थियो । यस्तै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान सहमतिको दस्तावेज भएकाले सबै पक्षका सबै माग पूरा गर्न नसकिने बताउनुभएको छ । संविधानको विधेयकमा कतिपय नराम्रा कुरा भए पनि तिनीहरुलाई सच्याएर जान सकिने उहाँको भनाई थियो ।

संविधानसभामा अहिले पनि विभिन्न सभासदहरुले आ–आफ्ना सुझाव दिने क्रम जारी रहेको छ । यसअघि तराई केन्द्रीत केही दलका सभासदहरुले संविधानसभाको बैठक बहिस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्