लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथको खिचडी वितरण कार्यक्रमले चौथो हफ्तामा निरन्तरता दिदैं

<span class='c1'>लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथको खिचडी</span> <span class='c2'>वितरण कार्यक्रमले चौथो हफ्तामा निरन्तरता दिदैं</span>

विराटनगर

आकृति रानी फुयल

लायन्स क्लब अन्तराष्ट्रिय अन्तर्गत लायन्स जिल्ला ३२५ बि वान नेपालको ' लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथ 'ले सुनसरीको साहेबगंजस्थित दुर्गा मन्दिर चोकमा खिचडी वितरण अभियानलाई निरन्तरता दिदैं आएको छ।

यसै महिनाको पहिलो शनिवारबाट आफ्नो गाउँमा कोरोना महामारीका समयमा दैनिक मजदुरी गरेर छाक टार्ने समुदायलाई लक्षित गरि आफुहरुले बिभिन्न सहयोगी दाताहरुको सहयोगले हरेक शनिवार देवानगंज ५ स्थित साहेबगंजमा रहेको दुर्गा मन्दिरमा २५० -३०० जना गरिब तथा विपन्न वर्गलाई खिचडी खुवाउदै आएको क्लबका वर्तमान अध्यक्ष लायन सुरज शाह राष्ट्रप्रेमिले बताए। यो हाम्रो चौथो साता हो जसमा हाम्रो दाता बनेर देवानगंज वडा नम्बर ५ का कार्यालय सहयोगी रंधिर शाहले सहयोग गर्नुभएको छ उनि भन्छन्।

यसै वर्ष २०२१ जुन १४ बाट विधिवत रुपमा ' स्टेप्स अहेड फर अ बेटर सोसाइटी एण्ड नेसन ' भन्ने मूल स्लोगनका साथ स्थापित यस क्लबले अधिकतम कार्यहरु विश्वव्यापी महामारी कोरोना जताततै भएकाले आफ्नो क्लबको प्रमुख प्राथमिकतामा भोकालाई भोजन नै रहेको र खिचडी र दुर्गा चोकमा मात्र सिमित नरहेर यो कार्यलाई बृहत्तर रुपमा लिएर अन्य स्थानहरुमा पनि फलफुल ,खाना लगायतका कुराहरु वितरण गर्ने शाहले जानकारी दिए। आफु चाहि काठमांडू बसेपनि मैले यो कार्यको थालनी भने मेरो जन्मस्थानबाट गरेको छु उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्