विराटनगर रोडशेषको गीत गजलबाट १२ जना जुवातास खेल्ने पक्राउ

<span class='c1'>विराटनगर रोडशेषको गीत गजलबाट १२</span> <span class='c2'>जना जुवातास खेल्ने पक्राउ</span>

विराटनगर । विराटनगर–१२ रोडशेषस्थित संगम गीत गजलमा जुवा(तास) खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले २ लाख ३१ ह्जार २४० रुपैँयासहित शुक्रबार राती पक्राउ गरेको हो ।

प्रहरीले विराटनगर–११ का विरेन सहनी, विराटनगर–१२ का २६ वर्षीय राहुल सहनी, विराटनगर–२ का ३१ वर्षीय भुवन कालाखेती, ३४ वर्षीय दिनेश सत्रा, विराटनगर–११ क ३० वर्षीय राजन पौदार, विराटनगर–८ ३४ सुवोध पासवान, विराटनगर–११ क २२ वर्षीय अजय सहनी, विराटनगर–११ क ४० वर्षीय सन्तोष कार्की, विराटनगर–१४ ५१ वर्षीय बलबहादुर कोइराला, विराटनगर–६ का २८ वर्षीय रन्जित सिंह, विराटनगर–१२ का ३१ वर्षीय बिमल मुखिया, कटहरी गाउँपालिका–१ का ३५ वर्षीय सवधनारायण चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका उनीहरु विरुद्ध जुवा ऐन २०२० कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्