प्रबिन दाहाल
काठमान्डौ भदौ ११
सरकारले गरेको वार्ता आह्वानबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज जवाफ दिने भएको छ । त्यसका लागि मोर्चामा आवद्ध दलका अध्यक्षहरु सर्लाहीको मलंगवामा भेट्दैछन् । मधेसी मोर्चाका नेताहरुले सरकारले वार्ताको वातावरण नवनाएको बताउँदै आएका छन् । मोर्चाले वार्ताका लागि संविधान निर्माण प्रक्रिया रोक्नु पर्ने, विगतको सहमति कार्यान्वयनको प्रतिवद्धता जनाउनु पर्ने र दमन रोक्नु पर्ने माग गरेका छन् । प्रमुख चार दलले संविधान निर्माण प्रक्रिया रोक्ने निर्णय नगरेपछि समय लिन सकिने बताएका छन् ।