विराटनगर । प्रहरीले १६ वर्षपछि डाका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङको टाँडीबाट पदम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो ।
विश्वकर्मा विरुद्ध धनकुटा जिल्ला अदालतले २०६२ भदौ १४ गतेको फैसलाबाट डाका मुद्दामा ६ बर्ष कैद र ४५ हजार रुपिँया जरिवाना आदेश गरेको थियो । यसैगरी धनकुटा जिल्ला अदालतले नै २०६२ असोज ११ गतेको फैसलाले ९ बर्ष कैद एक लाख ५५ हजार ५५० रुपिँया जरिवाना आदेश गरेको थियो ।
उनी विरुद्ध दुई वटा डाका मुद्दामा कुल १५ बर्ष कैद र दुई लाख पाँच सय पचास जरिवाना ठहर भएपछि फरार रहँदै आएका थिए । १६ वर्षपछि गत साउन २९गते मोरङ मिक्लाजुङ टाँडीबाट पक्राउ गर्न सफल भएको हो ।