थाङ्पाल गाउँपालिकालाई डेढ लाखको आर्थिक सहयोग

<span class='c1'>थाङ्पाल गाउँपालिकालाई डेढ</span> <span class='c2'>लाखको आर्थिक सहयोग</span>

थाङ्पाल

इन्द्रावती नदीमा गत असार १ गते आएको बाढी प्रभावित र विभिन्न स्थानमा गएको पहिराका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा सङ्घले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घका अध्यक्ष पेमा ह्योल्मोले गाउँपालिकाका अध्यक्ष टासी लामालाई रकम हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष लामाले हेलम्बु, मेलम्ची र पाँचपोखरी क्षेत्रले अकल्पनीय प्राकृतिक विपत्ति व्यहोर्नु परेको र पुनः पहिलेकै अवस्थामा ल्याउन पालिकाको प्रयासले मात्रै सम्भव नभएकाले विभिन्न सङ्घसंस्था र दातृ निकायहरूको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

सङ्घका उपाध्यक्ष रेन्जेन दोङ्बा, डोल्मा कुमारी ह्योल्मो, महासचिव केसाङ ह्योल्मो, कोषाध्यक्ष नुर्पु डोल्मा लामा, पूर्णिमा ह्योल्मो लगायतको उपस्थिति थियो । सङ्घले यसअघि पनि क्षतिग्रस्त क्षेत्रमा आर्थिकसँगै खाद्यान्न, जस्तापाता लत्ताकपडा लगायतका विभिन्न सहयोग सामग्री वितरण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्