ओझेलमा परेको पनौतीस्थित ‘तिलेश्वर महादेव मन्दिर’

<span class='c1'>ओझेलमा परेको पनौतीस्थित</span> <span class='c2'>‘तिलेश्वर महादेव मन्दिर’</span>

पनौती

पनौती नगरपालिका–९ सुनथानका चित्रबहादुर हुमागाईंले पहिलो पटक तिलेश्वर महादेव मन्दिरमा पुग्नुभयो । उहाँ तिलेश्वरको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासले हिँडेरै मन्दिर जानुभएको हो ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ हात्तीडोलमा रहेको सो मन्दिर पछिल्लो समयमा दर्शनार्थीकोे घुइँचो बढ्न थालेको छ । उहाँले भन्नुभयो, “ झक्तजन टाढाटाढाबाट आउने भएकाले सहज पहुँचका काममा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।” करिब एक वर्ष अगाडि चन्दा सङ्कलन गरी मन्दिर र सत्तल निर्माण गरिएको थियो । मोटरबाटोलाई व्यवस्थित तथा सिँढी निर्माण गर्न आवश्यक रहेको भक्तजन बताउँछन् ।

मन्दिरका पुजारी टलकबहादुर महतका अनुसार मन्दिरका बारेमा जानकारी भएको र प्रचारप्रसार हुन थालेको करिब आठ वर्ष मात्रै भएको छ । बेथानचोक ४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको तिलेश्वर मन्दिरको संरक्षण र प्रचारप्रसार गर्न प्राथमिता दिएको बताउनुभयो ।सुरुमा मन्दिर सम्म जानका लागि बाटो नै नभएको र पछि वडाको पहलमा मोटरबाटो निर्माण गरेपछि अहिले आवतजावतमा सजिलो भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्