कन्चनपुर
भीमदत्त नगरपालिकाले आव २०७७-७८ मा १४ किलोमिटर सडक कालेपत्र र ६० किलोमिटर सडक स्तरोन्नति गरेको छ ।
इञ्जीनियर हिमालयसिंह ऐरका अनुसार सडक स्तरोन्नतिअन्तर्गत ग्राभिलिङ, , नयाँ ट्रयाक खोल्नेलगायत काम गरिएको छ । नगरपालिकाले नगरका सबै क्षेत्र जोड्न नगर भित्री र बाह्य चक्रपथ निर्माण गरिरहेको छ भने वर्षौँदेखि सडकबाट बञ्चित उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटनमार्ग निर्माणलाई पनि निरन्तता दिएको उहाँले बताउनुभयो । साथै ब्रह्मदेवबाट खल्ला–मुसेट्टी जाने बाटोसमेत स्तरोन्नति गरिएको छ ।