खोपको लाइनमै ढलेका कैदीको अस्पतालमा मृत्यु

<span class='c1'>खोपको लाइनमै ढलेका</span> <span class='c2'>कैदीको अस्पतालमा मृत्यु</span>

विराटनगर । मोरङ कारागार हाटखोलामा कैद भुक्तान गर्दै आएका कैदीको मृत्यु भएको छ । कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका बेला ढलेका मोरङ रतुवामाइ नगरपालिका ५ का ५२ वर्षीय धनबहादुर गुरूङको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार मंगलबार दिउँसो मोरङ कारागारमा कोभिड १९ विरूद्धको खोप लगाउने तयारी गरिएको थियो । खोप लगाउन उभिएका गुरुङ अचानक बेहोस भएर ढलेका थिए । उनको उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको कारागारका जेलर रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

जवरजस्ती करणी मुद्दामा गुरूङलाई मोरङ अदालतले १० वर्ष कैद सजायको सुनाएको थियो । उनी २०७४ वैशाख ५ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । मंगलबार कारागार भित्र ७ सय १५ पुरूष र १७ जना महिला गरि ७ सय ३२ जना कैदीबन्दीले कोभिड १९ विरूद्धको खोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्