नेता नेपालसहित १४ सांसद् द्वारा कारबाही नगर्न आग्रह

<span class='c1'>नेता नेपालसहित १४ सांसद्</span> <span class='c2'>द्वारा कारबाही नगर्न आग्रह</span>

काठमाडौँ

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यले आफूहरुलाई पदमुक्त नगर्न सङ्घीय संसद् सचिवालयमा पत्र बुझाएका छन् ।

गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीति विपरीत विश्वासको मत दिएको स्थितिमा एमालेले ती सांसद्लाई कारबाही गर्न यही भदौ १ गते सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।

एमालेले राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरेको जनाए पनि आफूहरुले उक्त कानुन विपरीत हुने गरी कुनै कार्य नगरेकाले कारबाही नगर्न आज आग्रह गर्दै ती सांसदले माग गरेका हुन् । कारबाहीका लागि सिफारिस गरिएकामा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहनुभएको छ । एमालेमा असन्तुष्ट रहँदै आएको सो पक्षले नयाँ अध्यादेश बमोजिम आजै नयाँ दल दर्ताको प्रक्रिया सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्