धरानमा १० दिन सम्म कडा निषेधाज्ञा, सर्वसाधारणलाई आवतजावत गर्न नपाउने गरी रोक

<span class='c1'>धरानमा १० दिन सम्म कडा निषेधाज्ञा,</span> <span class='c2'>सर्वसाधारणलाई आवतजावत गर्न नपाउने गरी रोक</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । भदौ ४ गते देखि १३ गतेसम्मको लागी सर्वसाधारणलाई आवतजावत गर्न नपाउने गरी रोक लगाइएको हो।
प्रशासनले बुधवार जारी आदेशमा औषधी पसलबाहेक सबै बजार पसल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ । धरान उपमहानगरपालिकाको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कडा निषेधाज्ञाको आदेश गरेका हुन्। १० दिनसम्म कोसी राजमार्ग भएर चल्ने सवारीसाधनहरूलाई पनि धरान क्षेत्रमा रोकेर यात्रु ओराल्न वा चढाउन पुर्णरुपमा निषेध गरिएको छ।

 

दुग्धजन्य पदार्थ सटर नखोली बिहान ७ बजेभित्र बिक्री वितरण गरिसक्नुपर्ने भएको छ । अत्यावश्यक एम्बुलेन्स र शव बहाना चलाउनुपरे उपमहानगरपालिका सँग समन्वय गर्नुपर्ने भएको छ । उपमहानगरपालिकाले एन्टिजेन र पिसिआर परीक्षणलाई प्राथमिकता दिन आदेश गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्