विराटनगर
आकृति रानी फुयल
अनेरास्ववियु महेन्द्र मोरङ्ग समिति द्वारा सरकारले ल्याएको लोकतान्त्रिक पद्धति बिरोधी राजनीतिक दल विभाजन अध्यादेशको बिरुद्धमा बिरोध कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम क्याम्पस समिति संयोजक जोसेफ घिमिरे क्षेत्रीको नेतृत्वमा आयोजना गरिएको थियो।
घिमिरे भन्छन् , ' आज बिहान ८:०० बजे महेन्द्र मोरङ्ग क्याम्पस अगाडिबाट सुरु भएको सो बिरोध र्याली रोडशेष चौकमा पुगेर कोणसभामा परीणत भएको थियो जसमा हामीले सरकारले ल्याएको अध्यादेश पनि जलाएका थियौं ' । साथै आगामी दिनमा पनि यस्ता लोकतान्त्रिक मूल्य मान्यता विरुद्धका हर्कतहरुका विरुद्ध अनेरास्ववियु महेन्द्र मोरङ समिति लागिरहने नै छ।

उक्त कार्यक्रममा अनेरास्ववियु जिल्ला सचिवालय सदस्यद्वय सागर थापा , वीरेन्द्र घिमिरे , अनेरास्ववियु महानगर समिति संयोजक कुश थापा, सह संयोजक विवेक बस्नेत लगायतको उपस्थिति रहेको महेन्द्र मोरङ क्याम्पस समिति सह-संयोजक सनिम ठकुरीले जानकारी दिए ।