इथियोपियाको मुद्दामा राजनीतिक वार्ता गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

<span class='c1'>इथियोपियाको मुद्दामा राजनीतिक वार्ता</span> <span class='c2'>गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह</span>

संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले इथियोपियामा बढ्दो संकटका विषयमा राजनीतिक वार्ता नै आवश्यक रहेको बताएको छ । महासचिव एन्टोनियो गुटर्रेसले बिहीबार यस विषयमा आग्रह गर्नुभएको छ ।

महासचिव गुटर्रेसले इथियोपियामा पछिल्ला दिनमा बढ्दै गएको संकटको समाधानका लागि अरु सबै खालका विकल्पमा नभएर राजनीतिक वार्तालाई नै अघि बढाउनुपर्ने भन्दै आग्रह गर्नुभएको छ ।

महासचिव गुटर्रेसले पछिल्ला वर्षमा इथियोपियाका नागरिकले धेरै दुःख पाएका छन्, उनीहरुले अहिले खाद्यान्नलगायतका अति आवश्यकताका विषयमा पनि संघर्ष गर्नु परिरहेको अवस्था छ, त्यसैले यहाँको विषयमा वार्ता नै उचित विकल्प हुनेछ भन्नुभएको छ ।

पछिल्ला वर्षमा इथियोपियामा हिंसा बढ्दै गएको र यसबाट यहाँका पूर्वाधार पनि ध्वस्त भएका र कैयौँ नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको भन्दै संयुक्त राष्ट्रसङ्घले यहाँको समस्या राजनीतिक वार्ताबाट मात्र सम्भव रहेको देखेको महासचिव गुटर्रेसले बताउनुभएको हो ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्